कोरोना संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको सम्झनामा चीनमा भोलि राष्ट्रिय शोक

चैत्र २१, बेइजिङ । चीनले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएकाहरुको सम्झनामा भोलि (शनिबार) राष्ट्रिय शोक मनाउने भएको छ ।  

कोरोना संक्रमणबाट ज्यान गुमाएका देशभरका नागरिकको सम्झनामा भोलि १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गर्ने चीनको राज्य परिषदले जनाएको छ । जसअनुसार चीनले यस अवधिमा देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको सिन्ह्वाले जनाएको छ ।  

चीनमा हरेक वर्ष मृतकहरुको सम्झना गरेर मनाइने पर्व छिङमिङ मनाउने छ। जुन पर्व यसवर्ष अप्रिल ४ र ५ मा परेको छ। यस पर्वका क्रममा चीनभर बिदा दिइन्छ। यसपटक शनिबार आइतबार र सोमबार बिदा दिइएको छ।  

२५ सय वर्ष देखि यो पर्व चीनमा मनाइँदै आएको छ। यस पर्वका दिन आफ्ना पूर्वजहरुको सम्झना गरिन्छ। 

चीनमा अहिलेसम्म ८१ हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ३ हजार बढीको मृत्यु भइसकेको छ । ७६ हजार बढी संक्रमितहरु उपचारपछि निको भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *