भारतमा बर्डफ्लुका कारण झन्डै एक हजार कुखुराहरू मारिए

एजेन्सी । पूर्वी भारतको झारखण्ड राज्यमा बर्ड फ्लुको प्रकोप पछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन् ।

झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् ।

पशुपालन विभागका र्यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरूले जनाएका छन् । पोल्ट्री फार्ममा रहेका ४ हजार ३ सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *