भारतका ६ ठूला सहर कोरोना महामारीको ‘रेड जोन’ मा

भारत । भारतको राजधानी नयाँदिल्लीसहित ६ ठूला सहरा कोरोना महामारीको ‘रेड जोन’मा परेका छन् । बुधवार सरकारले राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहितका छवटा ठूला सहरलाई ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गर्दै सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गरी वर्गमा छुट्याएको हो । 

जसमध्ये रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गरेको छ । कुनै पनि स्थान हरियो रङ्ग अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन्। 

भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन्। दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन्। 

दिल्ली

उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन्। ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ। 

रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमशः ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ। 

अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *