…त्यो जन्मदिन पार्टी, जुन २८ जनाका लागि घातक बन्यो

वैशाख ५, काठमाडौं । ब्राजिलमा एक परिवारको जन्मदिन उत्सव त्यो समय शोकमा परिणत भयो जब पार्टीमा सहभागी तीन जनाको मृत्यु भयो र १० जनामा कोरोना संक्रमण भएको पाइयो । 

कसैले पनि यस्तो हुन सक्छ भन्ने पक्कै सोचेका थिएनन् । तर जन्मदिन पार्टीको दुई हप्ताभित्र कयौँ मानिसहरु बिरामी परे । पार्टीमा सहभागी अधिकांश व्यक्तिहरुमा कोरोना संक्रमणको आशंका गरिएको छ ।  

ब्राजिलको साओ पाउलोमा एक जन्मदिन उत्सव पार्टीमा सहभागी २८ जनामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने बाँकी सहभागीहरुको जीवन खतरामा परेको छ । मृतक सबै एकै परिवारका थिए । यद्यपी प्रशासनले भने हाल एक व्यक्तिको मृत्युको कारण कोरोना संक्रमण रहेको बताएको छ ।  

बर्थडे पार्टी में शामिल हुई मारिया

१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा इलाकामा सो पार्टी भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसदिनसम्म देशमा कोरोना भाइरस संक्रमणको ९८ वटा केस पुष्टि भएको थियो । त्यतिबेलासम्म कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन ।  

वेरा लूसियाको जन्मदिन पार्टी उनको घरमा भएको थियो जसमा परिवारका २८ जना मानिसहरु जम्मा भएका थिए । सो पार्टीमा वेराका पति पाउलो विएराका भाइबहिनी पनि सहभागी थिए ।  

पाउलो, उनका भाइ क्लोविस र बहिनी मारियाले पार्टी सेलिब्रेट गरे तर उनीहरुलाई थाहा थिएन कि उनीहरुको कोरोनाका कारण ज्यान जानेछ । पार्टीमा वेराकी बहिनी पनि सहभागी थिइन् । लुसिया र पाउलोका भतिजभतिजा पनि सहभागी थिए ।  

पार्टीको केही समयपछि नै आधा मानिसहरुमा खोकी, ज्वरो देखिएको थियो भने श्वास लिन पनि अप्ठेरो हुन थालेको थियो । यो सबै लक्षण कोरोना संक्रमणपछि देखिन्छ । तीनीहरुमध्ये केहीमा सामान्य लक्षण थियो जसलाई मेडिकलको आवश्यकता परेन ।  

मारियाकी छोरी राफेल भन्छिन्– ‘अब मलाई यकिन भइसक्यो कि मेरी ममीको मृत्यु कोरोना संक्रमणबाट भएको थियो । यो भाइरस निकै आक्रमक छ । मेरी ममीको उपचार एक अस्पतालमा भएको थियो, उनलाई भेन्टिलेटरमा पनि राखिएको थियो तर बचाउन सकिएन ।’ 

मारिया मधुमेह रोगबाट ग्रसित थिइन् । पाउलो र क्लोविसको भने पोस्टमार्टम आउन बाँकी छ । वेरा लुसिया भन्छिन्– ‘उनीहरुको उपचार गर्ने डाक्टर ९९ प्रतिशत आश्वस्त छन् कि उनीहरुको मृत्यु कोरोना संक्रमणबाटै भएको हो ।’  

वेरा लूसिया र उनको दुवै छोराहरुमा पनि कोरोना संक्रमण पाइएको थियो । अहिले सबैजना निको भइसकेका छन् । वेरा भन्छिन्– ‘शारीरिक रुपमा म ठिक छु । मात्र अलिकति खोकी लागेको छ । तर यो एक कठिन अवधि हो । हामी डरमा बाँचिरहेका छौँ ।’ अहिले पार्टीमा सहभागी सबैजनालाई क्वारेन्टाइनमा राखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *