पेचिलो बन्दै नेकपा विवाद, सचिवालय बैठक आज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएका बेला आज सचिवालय बैठक बस्दैछ । मंगलबार नै बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा रद्द भएपछि आज बस्ने गरी सारिएको हो ।

यहीबीच बालुवाटारमा मंगलबार भएको नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक आज बस्दैछ । अहिले जटिल मोडमा आइपुगेको नेकपाको यो सचिवालय बैठकलाई विशेष प्राथमिकताका साथ हेरिएको छ ।

साँझ पाँच बजे बस्ने भनिएको बैठकमा अध्यक्षहरु ओली र प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका आआफ्नै दाउ छन् । किनकि यी तीनै नेता अहिले सांसदहरुलाई आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् । यो बैठकमा प्रचण्ड–नेपालले तत्काल स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *