नेकपा सचिवालय बैठक बुधबार

काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बालुवाटारमा भएको भेटवार्तापछि भोलि साँझ ५ बजे बैठक डाकिएको हो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि पार्टीभित्र किचलो बढेको छ । अध्यादेश फिर्ता लिएपनि आन्तरिक विवाद सल्टिन सकेको अवस्था छैन । प्रतिपक्षीसँगै पार्टीभित्रैका नेताहरु आक्रोशित बनेका छन् । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले तत्काल स्थायी समिति बैठक बोलाउनुपर्ने माग राख्दै आएका थिए ।

हिजो प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच अनौपचारिक भेटघाट छलफल हुँदा मङ्गलबार बोलाउने समझदारी भएको थियो । तर आज बस्न सकेन ।

सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *