१० तस्विरमा हेर्नुहोस् ‘हमाल जोडी’

काठमाडौं । महानायक राजेश हमाल लकडाउनको समय सोसल मिडियामा छाइरहेका छन् । अरु बेला सामाजिक काम र मेला महोत्सवमा ब्यस्त राजेश हमालको दैनिकी फुर्सदिलो बनेको छ ।

उनी विभिन्न खालका भिडियो सन्देशहरु हालिरहेका हुन्छन् फेसबुकमा । कहिले नाचेको भिडियो हालेर अरुलाई मनोरञ्जन दिइरहेका छन् त कहिले सन्देशमुलक भिडियो जारी गर्दै कोरोना संक्रमितलाई सान्त्वना दिइरहेका छन् ।

महानायक हमाल बैवाहिक जीवनमा प्रवेश गरेसँगै फिल्मी क्षेत्रमा कमै सक्रिय छन् । त्यसो त उनका पछिल्ला फिल्महरुले आशातित सफलता पाउन सकेनन् । सकुन्तला र बागमती फिल्म् असफल भएपछि हमालले पुनः फिल्म क्षेत्रमा फर्कने हिम्मत गरेका छैनन् ।

अभिनेता निखिल उप्रेतिको चलचित्र ‘आयो भैरव’ को लागि हमाललाई अफर आएको थियो तर हमालले चलचित्र खेल्ने–नखेल्ने निर्णय भने दिइ सकेका छैनन् । अभिनेता हमाल अहिले श्रीमती मधुसँग घरमै व्यस्त छन् ।

हेरौँ हमाल जोडीका केही तस्विरहरुः

तस्विर सबै राजेश हमालकाे फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *