सन्तोषजनक काम नगरेको भन्दै राप्ति प्रतिष्ठानले डाक्टर र नर्सलाई हटायो

काठमाडौं । चिकित्सक र नर्सले गतिलो काम नगरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनीहरुलाई विदा गरिदिएको छ । करार सेवामा कार्यरत एक जना डाक्टर र एक जना नर्सलाई म्याद नथपी बिदा दिइएको हो । उनीहरुको स्थानमा दुई जना डाक्टरलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीका अनुसार डा. अमृता श्रेष्ठ र स्टाफ नर्स प्रकृति डिसीलाई सन्तोगाजनक काम नगरेको भन्दै म्याद नथपी विदा गरिएको हो । ‘उनीहरुको काम सन्तोषजनक नभएकाले करार सेवाको म्याद नथपिएको हो, सेवामा असर नपरोस् भनेर दुई जना डाक्टर पनि नियुक्त गरिसक्यौं ।’ उनले भनेकी छिन् ।

स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको बताएको छ । प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले कुनैपनि संस्थाले कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई राख्न नसक्ने भएकोले उनीहरुलाई हटाइएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *