चीनविरुद्ध अमेरिकाको राज्यले हाल्यो मुद्दा, यस्तो छ आरोप

काठमाडौं । अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीले चीन सरकारविरुद्ध सिभिल (नागरिक) मुद्दा दायर गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारी चीनले फैलाएको र यसमा ऊ नै जिम्मेवार भएको भन्दै मुद्दा अमेरिकाको सो राज्यले मंगलबार चीनविरुद्ध मुद्दा दायर गरेको बीबीसीले उल्लेख गरेकाे छ ।

मिसौरीका महान्यायधिवक्ता एरिक स्मिटले चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी र संस्थाहरू विरुद्ध अदालतमा मुद्दा दायर गरेको बताइएको छ ।

महामारीमा लापरवाही भएको र यसलाई रोक्ने पहल नगरेको आरोप लगाउँदै उनले भनेका छन्, ‘मिसौरीमा भाइरसको प्रभाव एकदम वास्तविक छ। हजारौं संक्रमित भएका छन् । धेरै मरेका छन् । परिवारहरू र प्रियजनहरू शोकमा छन् । साना व्यवसायहरूले उनीहरूको ढोका बन्द गरिरहेका छन् । बाँच्नेहरू खान संघर्ष गरिरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *