विप्लव नेकपामा भाडभैलो

चैत १३, काठमाडौं। विश्व कोरोना भाइरसको चपेडामा परेका बेला नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा भने आन्तरिक विवादले भाडभैलो मच्चिएको छ। विप्लव नेकपाका ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ  कारवाही गरेकोमा आपति जनाएका छन्।   

उनले पार्टीको माथिल्लो निकायबाट छानवनको माग गरेका छन्। उनले पार्टीकी हालै नियुक्तजिल्ला सेक्रेटरी विदुषी भन्ने सावित्री अधिकारीले आफुमाथि कारवाही गरेर अन्याय गरेको दावी समेत गरेका छन्। शर्माले जारी गरेको विज्ञप्तिमा अधिकारीले लगाएको आरोपमा कुनै सत्यता र आधार नभएको समेत दावी गरेका छन्।   

पार्टीको माथिल्लो कमिटिले यसको छानविन गरोस र मलाई स्पस्टिकरणको मौका दियोस्, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =