कोभिड-१९ : नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ताको माग

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ताको माग गरेका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेसँगै फ्रण्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरिएको हो । 

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले विपद्को समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने भन्दै  गृह मन्त्रालय समक्ष प्रस्ताब राखेको बताइएको हो । 

Image result for home ministry nepal

सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ ।   

लक डाउनको कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =