म सामाजिक सञ्जालबाट बिदा हुँदैछुः नरेन्द्र माेदी

फागुन २५, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सामाजिक सञ्जाल सात महिला ‘एचिभर्स’ (सफल) लाई प्रदान गरेकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आफ्नो जीवनमा सफल र समाजलाई प्रेरित गर्न सक्ने महिलालाई आफ्नो सामाजिक सञ्जाल हस्तान्तरण गर्ने यसअघि नै घोषणा गरेका थिए ।
‘अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना ! नारी शक्तिको भावना र उपलब्धीलाई सलाम गर्छौं । केही दिनअघि मैले भनेको थिएँ– म सामाजिक सञ्जालबाट बिदा हुँदैछु ।’

‘अब सात सफल महिलाहरुले मैले चलाउने गरेको सामाजिक सञ्जालमार्फत आफ्नो जीवनयात्राको बारेमा तपाईंहरुलाई भन्नुहुनेछ र तपाईंहरुसँग अन्तर्क्रिया गर्नुहुनेछ,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।
उनले थप लेखेका छन्, ‘भारतमा थुप्रै सफल महिलाहरु हुनुहुन्छ । उनीहरुले आ–आफ्नो क्षेत्रमा धेरै राम्रो काम गर्नुभएको छ । उहाँहरुको संघर्ष र आकांक्षाले करोडौंलाई प्रेरित गर्नेछ । अब ती सफल महिलाहरुको सफलतालाई मनाऔं र उनीहरुका केही नयाँ सिक्ने मौका पाइनेछ ।’ एजेन्सी








