आजदेखि मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १६, काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसममा सुधार आउने भएको हो ।   

आज देशको पहाडी भू-भागमा आँशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने रातीदेखि देशभर मौसम सामान्यतया सफा हुने हुने महाशाखाले बताएको छ ।   

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

null

चैत्र १६ गते (आइतबार) 

दिउँसोः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः देश भर मौसम सामान्यतया सफा हुने देखिन्छ। 

चैत्र १७ गते (सोमबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

चैत्र १८ गते (मंगलबार) 

दिउँसोः देशकोपश्चिमीभू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः देशको पश्चिमीभू-भागमा सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । पश्चिमीभू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित बर्षा हुन सक्ने देखीएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *