चिनियाँ राष्ट्रपतिसँग टेलिफोनवार्ता भएको उल्लेख गर्दै ट्रम्पले गरे यस्तो ट्वीट

चैत्र १४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोना भाइरसको महामारीबारे शुक्रबार टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् । 

‘भर्खरै चीनका राष्ट्रपति सी सँग एक धेरै राम्रो कुराकानी समाप्त भयो। कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो’, ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘चीनले यस महामारीबारे धेरै भोगेको छ र यस भाइरसबारे धेरै जानकारी प्राप्त गरेको छ । हामी निकै नजिक रहेर काम गरिरहेका छौँ ।’ 

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो। 

सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको उल्लेख गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यो भाइरस रोक्नका लागि अन्तर्राष्ट्रिय प्रयासहरुलाई सशक्त बनाउने, आर्थिक क्षेत्र ओरालो लागेका बेला अर्थतन्त्रलाई टेको लगाउने, र घुमाउरो ढंगले अमेरिकाले चीनसँगको दुष्मनी कदम कम गर्न आह्वान गरिएको छ ।’ 

‘यो भाइरसको कुनै भौगोलिक सीमाना छैन र यो महामारी हाम्रो साझा दुष्मन हो। यतिबेला यसको रोकथामका लागि सबै देशले सहकार्यका हात फैलाउनुपर्छ,’ सीले भनेका छन्। 

यतिबेला अमेरिकामा कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित रहेका छन् । यस महामहामारीबाट २४ हजार बढीले ज्यान गुमाइसकेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *