१२ वर्षपछी पत्रकार साहको हत्यामा संलग्न एक पक्राउ

फाेटाे स्राेतः गुगल
फागुन २५, बारा । बारामा प्रहरीले १२ वर्षपछि पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेका छ । प्रहरीका अनुसार उक्त अभियुक्तलाई शनिबार राति बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरिएकाे हो ।
पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदार रहेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । पत्रकार वीरेन्द्रको हत्यामा फौजदारसहित हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी संलग्न थिए । उनीहरुलाई अदालतले आजीवन करावासको फैसला तोकेको थियो ।

यी मध्ये गिरी भने जेल जिवनबाट मुक्त भईसकेका छन् भने अन्य तीन जना फरार रहेका छन् । फरार उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले पत्रकार वीरेन्द्रलाई अपहरण गरि निर्मतापूर्वक हत्या गरेका थिए । उनको शवलाई प्रहरीले हत्या गरिएको ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा सडेगलेको अवस्थामा फेला पारेको थियो ।








