स्प्राईट लगाउँ, प्यास बुझाउँ

  

फागुन २९, काठमाडौं । स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसँग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । 

नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ । जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरुको सामना गर्छौँ । जो कोलाहलपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन् । जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ ।   

टिभीसीको शुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस  पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् । एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ ।   

पहिले नैै बस एकदम भीड थियो त्यसमाथि गर्मी पनि थियो, तर, त्यो मानिसको असभ्य व्यवहारले अझ बढि असहनिय बनाइरहेको हुन्छ । उसले बसको सहचालक सहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् । 

मौसमको बारेमा गुनासो गरिरहेका हुन्छन् । जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राईटले शान्त बनाए । त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राईटको बोतल देखाउँदै “हाम्रो एसी” भनेर उद्घृत गरे । असभ्य मान्छे आश्चयचकित भयो र अनुहारमा असजिलोपन महशुस गर्दै बस्यो । 

टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहिँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राईट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ ।   

तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस् ।”   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =