चीनमा क्‍वारेन्टाइनको लागि प्रयोग गरिएको होटल ढल्दा २९ को मृत्यु

फागुन २९, काठमाडौँ । चीनमा क्‍वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटल ढल्दा २९ को मृत्यु भएको  अधिकारीले जनाएका छन् ।   

चीनको दक्षिणपूर्वी भागमा  क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको एक होटल गत शनिबार ढल्दा  च्यापिएर २९ को मृत्यु भएको हो । 

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो । 

होटलमा  रहेका ८० मध्ये ५८ व्यक्ति संक्रमणको आशंकामा क्वारेन्टाइमा राखिएको थियो ।  होटल ढलेपछी नौ व्यक्ति तत्कालै उम्कन सफल भएका थिए बाँकी ७१ व्यक्ति उक्त भग्नावशेषमा फसेका थिए ।  सरकारी मिडियाका अनुसार पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको र त्यहाँ भएका ८० जनामामै कोरोनभाइरस नेगेटिभ देखिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *