श्रद्धालाई आफूले मनपराएको टाइगर श्रोफले स्विकारे

फागुन १९, काठमाडौँ । बलिउड सुपरस्टार टाइगर श्रोफले आफूले नायिका  श्रद्धा कपुरलाई मन पराएको स्विकार गरेका छन् ।   

उनले मिडियासँगको साक्षात्कारमा बोल्ने क्रममा आफूले स्कुल जिवनमा  श्रद्धालाई असाध्यै मन पराउने गरेको  स्विकार गरेका हुन् ।   

मिडियाले श्रद्धालाई ‘के तपाईंलाई कहिले टाइगरमा क्रश थियो ?’  भन्ने प्रश्नमा टाइगरले   बीचमै रोक्दै भने  ‘उनलाई क्रश थिएन, बरु मलाई थियो । 

टाइगरले आफू र श्रद्धा एउटै स्कुल पढेको बताउँदै उनले भने  ‘त्यतिबेला मेरो श्रद्धा कपुरमाथि निकै ठूलो क्रश थियो तर मैले उनलाई आफ्नो फिलिङबारे कहिले बताइनँ, किनभने मलाई असाध्यै डर लाग्थ्यो, स्कूलका दिनमा म उनलाई हेर्न मरितुल्य हुन्थेँ  ।’ 

टाइगरको कुरा सुनेर हाँसो रोक्न नसकेकी नायिका श्रद्धाले अचम्मित हुँदै आफूलाई यसबारे केही  थाहा नभएको र यदी थाहा भएको भए पक्कै केही गर्ने थिएँ बताईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *