भारतबाट आएका ३११ जना क्वारेन्टाइनमा

फाइल तस्विर 

चैत्र १४, काठमाडौं । भारतका विभिन्न शहरबाट काम गरेर  आफ्ना घर फर्किएका ३११ स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । 

पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिए । उनका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् ।  

कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि घर फर्किन थालेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *