कोरोना आशंकामा १३ जना वीपी अस्पताल आए, ५ को आइसोलेसनमा उपचार हुँदै

चैत १२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जना कोरोनाको आशंकामा स्वास्थ्य परिक्षणका लागि आएका छन् । सोमबार र मंगलबार गरी दुई दिनको अवधीमा १३ जना अस्पतालमा आएका हुन् ।   

सम्पर्कमा आएकामध्ये चैत ४ गते कतार एयरवेजमा कोरोना संक्रमित युवतीसंगै तीन जना र इटहरीबाट आएका एक जना, सिराहाको लाहानबाट १ जना, प्रतिष्ठानमै अध्ययनरत भारतीय विद्यार्थी २ जना, भारतको दिल्लीबाट आएका १ जना, केरेलाबाट आएका एक दम्पती र चिनियाँ नागरिक छन् ।   

१३ जना प्रतिष्ठानमा आईपुगेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले जानकारी दिए । उनका अनुसार अहिले ५ जना प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ भने अन्य ८ जनालाई क्वारेनटाईनमा रेफर गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *