कंगो मिसनमा रहेका एक नेपालीले कोरोना राहत कोषमा दिए १ लाख २० हजार सहयाेग

चैत्र १६, काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको कंगो मिसनमा रहेका एक नेपालीले नेपाल सरकारले बनाएको कोरोना राहत कोषमा १ लाख २० हजार रकम सहयोग गरेका छन् ।  

हाल कंगो मिसनमा रहेका सन्तोष न्याैपानेले आफ्ना स्वर्गीय बाबु तथा भूपु प्रहरी निरीक्षक विदुर प्रसाद न्यौपानेको नाममा कोरोना राहत कोषमा १ लाख २० हजार रकम सहयोग गरेका हुन् ।  

न्यौपानेका अनुसार उनी यसअघि नेपाल प्रहरीमा आवद्ध थिए । ‘आज जहाँ छु मेरो जन्म दिने बुवा आमाको कारणले छु। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्ने नेपाल सरकारले खोलेको आपतकालीन राहत कोषमा मेरो बुवाको नाममा १ लाख २० हजार रकम सहयोग दिन चाहन्छु’, न्यौपानेले भने ।  

Image may contain: 1 person, smiling, glasses

उनले उक्त रकम आफ्ना मित्र प्रहरी निरिक्षक अम्रित बस्नेत मार्फत् नेपाल सरकारलाई सहयोग गरेका हुन् । 

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम न्युनिकरण गर्न विश्व नै लागि परेको छ । कयौँ मुलुकहरुले अहिले लकडाउन गरिरहेका छन् । नेपालल पनि मुलुकभर लकडाउन गरिरहेको छ ।  

कोरोना संक्रमणका कारण हाल विश्वभर ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *