मोदीले आज देशबासीलाई सम्बोधन गर्ने
२०७६ चैत ११ गते

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण देशभित्र ह्वात्तै बढेपछि मोदीले सम्बोधन गर्न लागेका हुन्। मोदीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार उनले राती सवा ८ बजे सम्बोधन गर्नेछन्।
उनले कोरोना भाइरसबारे महत्वपुर्ण कुरा गर्ने बताएका छन्। भारतमा कोरोना भाइरसका कारण हालसम्म १० जनाको ज्यान गएको छ। पाँच सय १० जना संक्रमित भेटिएकामा ३७ जना निको भएका छन्।

२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








