बाईस लाख भन्दा बढि मूल्यकाे सुन सहित सेनापती पक्राउ

चैत्र ३, काठमाडौं । प्रहरीले चेकजाँचको क्रममा सुन सहित एक पुरूषलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोट समेतबाट खटिएका प्रहरीले टोलिले जिल्ला काठमाडाैँ चन्द्रागिरि न.पा.वडा न २ नागढुंगा स्थित चेकको क्रममा सुन सहित एक जना भारती नागरिकलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले  ना १ ज ५०६० नम्बरको टाटासुमो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा भारत देश मेन्दीपुर जिल्ला कलकत्ता दासपुर थाना घर हुने बर्ष ४५ को आशुतोष सेनापतीको शरीर तथा सामान खानतलासी गर्ने क्रममा बिल तथा कागजात नभएको ३९८ ग्राम सुन फेला परेको बताए । 

बरामद गरीएको सुनमा केही तयारी अवस्थाका गरगहना र २ थान सुनका पाता रहेको छ । 

बरामद गरीएको सुन तथा पक्राउ परेका मानिसलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाईएको थानकोट प्रहरीले जनाएको छ । 

बरामद गरिएको सुनको बजार मुल्य अनुमानित  बाईस लाख तेईस हजार  रहेको प्रहरीले जनाएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =