कोरोना प्रकोप : इटालीमा एकैदिन ६२७ को मृत्यु, विश्वभर मृतकको संख्या ११ हजार नाघ्यो

चैत ८, काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण झन् बढ्दै गएको छ । विश्वका १८५ देशमा फैलिएको कोरोनाबाट २ लाख ७५ हजार ७ सय ४१ जनामा संक्रमण देखिएको छ । 

भाइरसका कारण हालसम्म ११ हजार ३ सय ९७ जनाको मृत्यु भइसकेको छ । यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि निको भएका छन् । शुक्रबार र शनिबार बिहान मात्रै विभिन्न ८६ देशमा गरेर ३० हजार ८ सय ८ जना नयाँ बिरामी थपिएका छन् भने ३७ देशमा १३ सय ६६ जनाको मुत्यु भएको छ । 

सबैभन्दा बढी युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको हो ।   

शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् । 

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *