गायक ज्ञान घिसिङको ‘शितल चौतारी’मा रक्षाको अभिनय (भिडियो सहित)

चैत्र १२, काठमाडौं । गायक ज्ञान घिसिङले आफ्नो नयाँ म्युजिक भिडियो ‘शितल चौतारी’ सार्वजनिक गरेका छन् । गीतमा शब्द गायक घिसिङको रहेको छ भने संगीत ओम सुनारको रहेको छ । गीतमा स्वर ज्ञान घिसिङ र दिपा लामाको  रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् । 

म्युजिक भिडियोमा स्वयम् गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई पवन सुवेदीले सम्पादन गरेका हुन् । सागर लामा गोले र माधव श्रेष्ठले भिडियो कोरियोग्राफी गरेका हुन् । शिव बिकको निर्देशनमा भिडियो तयार भएको हो । 

अमेरिकामा रहेका गायक घिसिङले हालै मात्र राजधानीमा एक कार्यक्रम गरेर आफ्नो पहिलो डेब्यु एल्वम सम्भव सार्वजनिक गरेका थिए । यस एल्वम भित्र ६ वटा गीत संग्रहित छन् । ६ वटा गीत मध्य ४ वटा गीतमा स्वयम् गायक घिसिङको स्वर र संगीतमा रहेको छ । ४ वटा युगल गीत रहेको एल्वममा गायक घिसिङलाई निर्मला घिसिङ, मेलिना राई र दिपा लामाले स्वरमा साथ् दिएका छन । 

00 Shital Chautari.jpg

संघर्षपूर्ण जीवनबाट माथि उठेका गायक घिसिङले ७ वर्षको उमेरमा नै भुटानमा  ब्राशब्याण्डमा  समेत काम  गरेका थिए । भुटानमा चलेको राजनीतिक आन्दोलनका कारण ४ वर्ष उनले आफ्नो पढाई समेत छोड्न पर्यो पछि उनी नेपालमा सन् १९९२ मा आफ्नो परिवार सहित शरणार्थी शिविरमा बस्न थाले । झापाको शरणार्थी शिविरमा हुर्किएका घिसिङले दमक मोडल कलेजबाट आफ्नो स्नातक पुरा गरेका हुन् । 

आफ्नो बुवालाई आफ्नो पहिलो शिक्षक मान्ने गायक घिसिङ हाल अमेरिकामा  शिक्षक, ईण्टरटेनर, व्यवसायीको रुपमा काम गर्दै आएका छन । गायक घिसिङले आफ्नो नयाँ म्युजिक भिडियो ‘शितल चौतारी’ लाई माया गरिदिन सम्पूर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । । हाईलाईट्स नेपालको  अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्राप्त भैरहेको छ ।  

 https://youtu.be/mq2jEHzdwus 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =