खैरहनीमा कोरोनाबाट बच्न सतर्कता, कार्यपालिका बैठक समेत स्थगित

चैत ६ गते । खैरहनी नगरपालिकाले सम्भावित कोरोनाको जोखिमबाट बच्न सतर्कता अपनाएको छ । नगरमा सेवा लिन आउने सेवाग्राही र यहाँ कार्यरत कर्मचारीहरूमा सङ्क्रमण हुन नदिन सतर्कता अपनाएको नगरपालिकाले जनाएको छ ।   

सेवा लिन आएका सेवाग्राही र कर्मचारी तथा जनप्रतिनिधिहरूलाई अनिवार्य सेनिटाईजर प्रयोग गर्नु पर्ने व्यवस्था मिलाएको नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । कार्यालयमा काम लिएर आएका सेवाग्राहीलाई पालो पालो गरेर कोठामा प्रवेश गर्न दिइएको छ । नगर प्रमुख देखी विषयगत शाखामा एक पटकमा बढीमा दुई जनालाई प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । सेवाग्राही,कर्मचारी र स्वयम जनप्रतिनिधि कोरोनाबाट सचेत हुनुपर्छ नगर प्रमुख चौधरीले भने –  नगरपालिका आउने सवैमा बिहीबारदेखि रोगको जोखिम हुन नदिन सतर्कता अपनाइएको छ ।   

नगरपालिकाले कार्यालयमै सेनिटाईजर बनाएको छ । स्प्रीड र गिलसिरीन मिसाएर सेनिटाईज बनाएर प्रयोगमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । बजारमा सेनिटाईजरको अभाव भएपछि नगरपालिका आफैले कार्यालयमा उपलब्ध श्रोतबाट प्रयोगमा ल्याएको अधिकारीले बताए ।   

सङ्घीय सरकारको निर्देशन बमोजिम चैत महिना भरीका पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरिएका छन् । शुक्रवारका लागि तय भएको कार्यपालिका बैठक समेत स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए ।   

जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,स्थानीय शिक्षा अधिकारी,प्रशासकीय अधिकृत गरी कुल २५ जना भन्दा बढी सङ्ख्या हुने भएपछि कार्यपालिका बैठक तत्कालका लागि स्थगित गरिएको शर्माले जानकारी दिए । आपतकालिन अवस्थामा बैठक बस्नु पर्ने भएर कुनै उपाय अवलम्बन गरेर बैठक बस्न सकिने नगर प्रमुख चौधरीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =