‘कमेडी च्याम्पियन’ को टिकट बिक्री खुला, यस्तो छ रेट

फागुन २६, काठमाडौं । नेपालको पहिलो रियालिटी सो ‘कमेडि च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुल्ला गरिएको छ । 

चैत १ गते हुन लागेको ग्रान्ड फिनालेको टिकटदर एक तीन हजार रुपैयाँ तोकिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार कारोना भाइरसको प्रभावका कारण दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ । टिकट ई–सेवाबाट लिन सकिने छ । 

ग्रान्ड फिनाले च्यासलस्थित ‘कमेडि च्याम्पियनकै स्टुडियोमा हुने बताइएको छ । जहाँ प्रमुख अतिथि महजोडी र राजेश हमाल रहने छन् । 

Image may contain: 3 people, people standing and text

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =