‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बाहिर आएका समाचार झुटो’

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था अपेक्षित रुपमा सुधार भइरहेको सचिवालयले स्पष्ट पारेको छ ।   

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।   

बुधबार बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराब रहेको समाचार प्रकाशित गरेका थिए । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् । 

सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =