वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्पलाईन सेवा सञ्चालन

चैत्र ७, धरान ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाईन सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्पताल पनि संक्रमणको जोखिममा रहने भएकाले सर्वसाधारणलाई घरमै स्वास्थ्य सल्लाह दिन प्रतिष्ठानले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।   

प्रतिष्ठानले शुक्रबारदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको जनाएको छ । आफ्नो स्वास्थ्यमा कुनै समस्या आएमा सर्वसाधारणहरुले  प्रतिष्ठानले उपलब्ध गराएको हेल्प लाइनमा फोन गरेर परामर्श लिन सक्ने छन् ।   

प्रतिष्ठानले  ९८०२७९५२५२ र ९८०२७९५३४९को हटलाइन सेवा उपलब्ध गराएको छ । उक्त नम्बरमा फोन गरि बिशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श लिन सकिने छ । । 

संक्रमणको जोखिम कम गर्न उक्त सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । उनले सकेसम्म अस्पताल नआउन समेत सर्वसाधारणहरुलाई अपिल गरेका छन् ।   

चिकित्सकसँग हटलाइनमा परामर्श लिने र उनको सुझाव अनुसार आउनै परेमात्र अस्पताल आउन डा.साहले सुझाव दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =