नेपालगञ्ज विमानस्थलमा चिप्लियो नेपाल एयरलाइन्सको विमान
२०७६ चैत १५ गते

चैत १५, नेपालगन्ज। कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना सकलन गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ।
विमान अवतरणका क्रममा समस्या आएर रनवेमा चिप्लिएको छ। रनवेमा चिप्लिएपनि ठूलो क्षति नभएको नागरिक उड्यन कार्यालयले जनाएको छ।
‘नेपालगञ्ज विमानस्थलमा विमान चिप्लिएको जानकारी आएको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने, ‘दुर्घटना ठूलो होइन, सामान्य मात्र भएको जानकारी आएको छ।’ घटनावारे थप बिववरण आउन बाँकी छ।

२०७६ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








