शनिबार मात्रै काठमाडौं छोड्नेको सङ्ख्या पौने दुई लाख
२०७६ चैत ८ गते

चैत्र ८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्नेको संख्या शनिबार मात्रै पौने दुई लाख पुगेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार साँझसम्म एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका हुन् । काठमाडौंबाट बाहिरिने गाडीको सङ्ख्या २७ हजार २ सय ६० रहेको छ।
बुधवार यता काठमाडौँ छाड्ने यात्रुको सङ्ख्या ४ लाख ७० हजार १ सय १७ रहेको छ ।
null
२०७६ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








