वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि [रिपोर्टसहित]
२०७६ चैत १० गते

चैत १०, काठमाडौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ । कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका रुगंटामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।
पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा ‘नेगेटिभ’ देखिएको हो ।
पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । त्यहाँको रिपोर्ट अनुसार उनलाई कोरोना नभएको पुष्टि भएको हो ।

२०७६ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








