इटलीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो

चैत १५, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकै दिन ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ ।   

शुक्रबारमात्रै विश्वभरि थप ६२ हजार ५ सय १२ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी नयाँ बिरामी थपिएका छन् । 

अमेरिकामा १७ हजार २९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । त्यहाँ संक्रमितको संखया १ लाख नाघेको छ । शनिबार बिहान साढे ६ बजेसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । 

इटालीमा २४ घण्टामा ९ सय १९ जनाको मृत्यु भएको छ भने नयाँ ५ लाख ९ सय ९ जनामा कोरोना भाइरस देखिएको थियो । स्पेनमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण ७ सय ७३ जनाको मृत्यु भएको थियो । स्पेनमा शुक्रबार ५ हजार १ सय ३८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।   

जर्मनीमा सोही दिन ६ हजार ९ सय ३३ कोरोनाका नयाँ बिरामी थपिएका छन् भने ८४ जनाको मृत्यु भएको छ । फ्रान्समा शुक्रबार कोरोनबाट २ सय ९९ जनाको मृत्यु भएको थियो । सोही दिन फ्रान्समा ३ हजार ८ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । इरानमा २ हजार ३ सय ७८ जना नयाँ बिरामी थपिएका छन् भने शुक्रबार त्यहाँ १ सय ४४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =