नर्भिकमा कोरोना भाइरस संक्रमित रहेको भन्दै अडियोमार्फत भ्रम फैलाउने पक्राउ

चैत्र ८, काठमाडौं । नेपाल प्रहरीले नर्भिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित रहेको भन्दै गलत अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई पक्राउ गरेको छ । 

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई नेपालमा कोरोना भाइरस फैलिएको भन्दै भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जामार्फत फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत कर्मचारीले बताएको भन्दै अडियो, भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भन्दै उनीहरुको लाश जलाएको सन्देश प्रवाह गरेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =