कोरोना सन्त्रास : ‘जनता कर्फ्यु’ले भारत ठप्प

चैत ९, काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतमा जनता कर्फ्यु लगाइएको छ । कोरोना महामारीले विश्वलाई नै आतंकित बनाइरहेकोले यसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा जनता कर्फ्यु लगाइएको हो ।   

प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज जनता कर्फ्युको घोषणा गरेका थिए । सोहीअनुसार बिहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लगाइएको हो । जनता कर्फ्युको अवधिमा कुनै पनि सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह समेत गरिएको छ । जनता कर्फ्यूले भारत ठप्प भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *