‘कोरोनाबारे जानकारी लिनका लागि यी चिकित्सकलाई फोन गर्नुस्’
२०७६ चैत ११ गते

चैत्र ११, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबारे जानकारी दिनका लागि केही चिकित्सकहरुको नम्बर सार्वजनिक गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सकहरुको नम्बर सार्वजनिक गरेको हो ।
योसँगै नागरिकले कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा ती चिकित्सकहरुलाई फोनमार्फत् सेवा लिन सक्नेछन् ।
चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाल चिकित्सक संघको फेसबुक पेजमार्फत् हामीलाई चिकित्सकको नामावली, सम्पर्क नम्बर र आफ्नो विशेषज्ञता उपलब्ध गराई यस महामारीमा अतुलनीय योगदान पुर्याउन इच्छुक सम्पूर्ण चिकित्सकहरुप्रति नेपाल चिकित्सक संघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।’

कोरोना सम्बन्धी जानकारीका लागि यी नम्बरमा फोन गर्न सकिनेछः
२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








