सैनिक मुख्यालयमा क्रेनबाट खसेर एक कामदारको मृत्यु

काठमाडौं । सैनिक मुख्यालयमा क्रेनबाट खसेर एक जना कामदारको ज्यान गएको छ । शनिबार जंगी अड्डामा रहेको सोलार प्यानल मर्मतका क्रममा क्रेनमाथि चढेका सोलुखुम्बुका ५३ वर्षीय भूपकुमार श्रेष्ठको खसेर मृत्यु भएको जनाइएको छ ।   

भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा सोलार प्यानल मर्मत गर्ने क्रममा उनी क्रेनमा चढेका थिए । अचानक क्रेनबाट खसेपछि उनलाई ब्यु क्रस अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गर्‍यो । 

जंगी अड्डामा सोलार जडान गरेको ठेकेदार कम्पनीले नै श्रेष्ठलाई प्यानलहरुको मर्मतका लागि जंगी अड्डामा पठाएको बताइएको छ ।  

सैनिक मुख्यालय निर्माण गर्ने मजदूरले भुक्तानी पाएनन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =