काेराेना संक्रमित युवतीसँगै फर्किएका मुसिकोटमा ४ जना भेटिए, होम क्वारेन्टाइनमा बस्न सुझाव
२०७६ चैत १८ गते

चैत्र १८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीसँग एउटै एयरवेजबाट काठमाडौं आएका ४ जना भेटिएका छन् ।
गत चैत्र ४ गते कतार एयरवेजबाट काठमाडौँ उत्रिएकी कोरोना संक्रमित युवतीसँगै मुसिकोटका ४ जना फर्किएको पाइएको हो ।
नगरपालिकाको वडा नम्बर–१ पौदी अमराईका एक जना काठमाडौँमा सुरक्षित रहेका छन् भने वडा नम्वर ३ को बडागाउँमा एक जना, मुसिकोट नगरपालिका–६ को कुर्घामा एक जना र वडा नम्वर ८ को वामीमा एक जना रहेको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।
मेयर सापकोटाका अनुसार अहिले सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरु सबैको स्वास्थ्य राम्रो छ ।
नेपालमा हालसम्म पाँच जना कोरोना संक्रमित फेला परेका छन् जसमध्ये एकजना उपचारपछि निको भइसकेका छन् । विश्वभर ७ लाख बढी संक्रमित छन् ।
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








