कोरोना संक्रमणकाे आशंकामा तीनजना बालक कान्तिको आइसोलेसन वार्डमा

चैत्र १०, काठमाडौं । कारोना भाइरसको आशंंकामा कान्ति बाल अस्पतालमा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  

उनका अनुसार आइतबार एक जना र सोमबार दुईजना बालकलाई आइसोलेसन वार्डमा भर्ना गरिएको हो । चीन, भारत र कतारबाट फर्किएका ती बालकहरुमा कारेनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भर्ना गरिएको हो । 

उनीहरुको रिपोर्ट आउन बाँकी छ । एक जनाको सोमबार बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ ।  

नेपालमा फेरि एक जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतारबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको आज जानकारी दिएको हो । 

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना देखिएको  हो। फ्रान्समा अध्ययनरत गत मंगलबार  उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =