जिग्रीको ‘सक्किगोनी’ स्थगित

फाेटाेः गुगल 

चैत्र ९, काठमाडौँ । नेपाल टेभिजनबाट प्रशारण हुने चर्चित हाँस्यव्यांग्य टेलिसिरियल सक्किगोनी स्थगित भएको छ ।   

यस टेलिसिरियलका निर्माता तथा  कलाकार कुमार कट्टेल (जिग्री) ले सक्किगोनी प्रशारण  स्थगित गरिएको सामाजिक संजाल फेसबुकमा एक स्टाटस अपडेट गर्दै जानकारी गराएका हुन् ।   

Image result for ‘सक्किगोनी

उनले अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभीड–१९)को त्रासले सक्किगोनीको प्रशारण केहि समयको लागि स्थगित गरिएको बताउँदै  सरकारले आह्वान गरेको ‘लक डाउन’ को अनुरोधलाई  स्वीकारर्दै आफू सेल्फ क्यारेन्टाईनमा बस्ने निर्णय समेत गरेको जानकारी गराएका छन् । 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘विश्विब्यापी कोरोना भाईरस ( काेभीड-१९) को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको ‘लक डाउनको अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’ मा बस्ने निर्णय गरेका छौँ। यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म ‘सक्किगोनी’ केही समय स्थगित हुने कुराको जानकारी गराउँद छौँ। यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी छौँ।’ 

आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं । 

परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ।धन्यवाद ‘ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =