पुल निर्माणका क्रममा करेन्ट लागेर मृत्यु
२०७६ चैत ४ गते

चैत ४, धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित चैतपुरस्थित चैतनपुर पुल निर्माणका क्रममा करेन्ट लागेर धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षीय घनश्याम कुुँवरको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका कुँवरको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घाइते भएपछि अत्तरियाकै पद्मा अस्पतालमा उपचारका लागि लगिएपनि त्यहाँ सम्भवन नभएपछि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








