कोरोना विरुद्ध लड्न ५० करोडको केन्द्रीय कोष गठन
२०७६ चैत ९ गते

काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको महामारी विरुद्ध लड्न ५० करोडको केन्द्रीय कोष गठन गरेको छ ।
सरकारले संक्रमण भएको खण्डमा उपचार, उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको बताइएको छ ।

२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








