लकडाउनमा किन अटेरी ? अवज्ञा गर्ने १० जना पक्राउ

चैत्र ११, चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले हजारौंको ज्यान लिई सकेको छ । लाखौ संक्रमित भएका छन् त्यस मध्ये धेरैलाई निको भईसकेको अवस्था पनि छ । 

कोरोना सुरु भएको चीनले समेत लकडाउन गरेर धेरैको ज्यान जोगायो । त्यसको सिकै गर्दै अन्य देशहरुले पनि लकडाउन गरिरहेका छन् । नेपाल पनि उच्च जोखिममा रहेकाले सरकारले मंगलबारदेखि नेपाललाई नै लकडाउन गरेको छ । 

नेपालमा दुई जनामा कोरोनाको संक्रमण देखिसकेको छ । पछिल्लो संक्रमणको कारण सरकार नेपालनै लकडाउन गर्नु पर्ने स्थितीमा पुग्यो । यसबीचमा सिमाना बन्द गरिसकेको अत्यावश्यक सेवा वाहेक सरकारी कार्यालय पनि बन्द गराएको छ । यति गर्दासम्म भीडभाड हुने क्रम रोकिएन, अन्तत सरकार लकडाउनको स्थितीमा पुग्यो ।  

लकडाउन गरेर जनतालाई घरभित्रै राखि कोरोनाको जोखिम न्युनिकरणका लागि सरकारले यो कदम उठाएको हो । तर चितवनमा लकडाउनको अवज्ञा गरेको प्रष्ट देखिन्छ । बजारका पसल नखुलेपनि मोटरसाईकल, अटो रिक्सा र स्वयम मानिसहरु बाटो, चोकमा निर्वाध हिँडेको देखिन्छ । 

सडकमा अन्य सवारी नचल्दा अटो रिक्साहरु खुलेयाम दादागिरी शैलीमा सडकमा छन् । जिल्ला प्रशासनले सार्वजनिक रुपमै अपिल गरेर घरभित्रै बस्नका लागि आह्वान गरेको थियो तर त्यो आह्वानलाई अटेरी गरि रोग निम्त्याउन खोजेको बुझ्न सकिन्छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अटेरी गर्नेलाई कारवाही गर्ने बताएका छन् । प्रशासनले राजमार्ग क्षेत्रमा प्रहरी तैनाथ गरेको छ । तर पनि प्रहरीलाई चुनौती दिँदै अवज्ञा गरिएको छ । राजमार्ग भन्दा भित्री सडकमा मानिसको आवतजावत प्रशस्त देखिन्छ । 

लकडाउन अवज्ञा गर्ने १० जना पक्राउ 

चितवनमा लकडाउनको अवज्ञा गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

सडकमा ननिस्कन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपनि पक्राउ गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले बताए । 

दुई/चार पैसा कमाएकाहरू सडकमा देखिएका छन्-बुद्धिजिवी  

चितवनका बामवुद्धिजिवी प्रेम रिमाल लकडाउनका वेला सडकमा मास देखिदा आफू आश्चर्यमा परेको वताउँछन् । सरकारले जनताको सुरक्षाका लागि लकडाउन नै गरेपनि जनताले अवज्ञा गर्नु उचित नहुने उनको भनाई छ । वुद्धिजिवी रिमाल भन्छन् – ‘दुई चार पैसा कमाएर ठुला ठालु वन्नेहरु सडकमा देखिएका छन्, उनीहरु कोरोनाको बारे अनविज्ञ जस्तै बनेर हिडेका छन् ।’ 

लकडाउनको अवज्ञा गर्नेहरुलाई पक्राउ गर्न सकिए मात्रै प्रभाव पर्ने उनको बुझाई छ । सामान्य नागरीक बरु घरभित्रै छन् रिमाल भन्छन्– ‘हुनेखाने वाहिर निस्किएर सरकारलाई चुनौती दिएका छन्, यो नियन्त्रण हुनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *