रत्ननगरबाट एक लाखसहित ५ जुवाडे पक्राउ

फाेटाेः गुगल 

चैत ९, चितवन ।  चितवनको रत्ननगरबाट करिब एक लाखसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  

रत्ननगर वडा नम्वर १३ स्थित श्रीभक्त घिमिरेको खाली गोठमा शनिवार बेलुका तास खेल्दै गरेको अवस्थामा नगद १ लाख ४ हजार ६ सय रुपैयासहित पाँच जनालाई इलाका प्रहरी कार्यालय टाँडीको टोलीले पक्राउ गरेको हो । 

Image result for जुवाडे पक्राउ

 पक्राउ पर्नेहरुमा सबै जना रत्ननगरका हुन् । प्रहरी निरीक्षक शाहका अनुसार रत्ननगर २ का रुपेश भट्ट, रत्ननगर १३ का तेजवहादुर खत्री, सोही ठाउँका इन्द्र बहादुर भण्डारी, मोहन सुवेदी र राजिव पाठक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

 पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *