खैरो हिरोइनसहित एक पक्राउ

फागुन २८, विराटनगर । प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी ८ का २९ वर्षिय कमानसिंह राईलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
भारतको जागबनीबाट नेपालतर्फ आउँदै गर्दा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको लागूऔषध ब्युरोका टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरी बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार उनको साथबाट १५ ग्राम खैरो हिरोन फेला परेको छ । भारतको जोगबनीबाट ५० हजारमा खैरो हिरोइन खरिद गरि आफु पनि सेवन गर्ने गरेको र अन्य सेवनकर्ताहरुलाई बिक्रि वितरण गर्ने गरेको पाईएको छ । उनले प्रति डोज एक हजार देखि एक लाख ५० हजार सम्ममा समेत बेच्ने गरेको प्रवक्ता राईले बताए ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भईरहेको मोरङ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको फागुनसम्मको डाटा अनुसार चालु आर्थिक वर्ष ०७६÷७७ अनुसार एभिल नाम गरेको एक हजार ३ सय १७, डाईजोलाभ १४ सय २३, फेनारगन तीन सय ८, प्रामेथाई जिन १९, नाईट्रोसन छ सय ४२, नाईट्रोभेट छ सय ११, स्पास्मो प्रोक्सिभन १२ सय ५५, फोरीडल दुई सय , टामाडोल दुई सय ४०, डाइलेक्स डि. सि. ६५, कोरेकस, ५, खैरो हिरोईन दुई सय ४० मि. ग्राम बराम भएका छ । उजुरी मुद्दा दर्ता एक सय ३ को संख्यामा रहेको छ । भने उजुरी पर्नेमा पुरुष एक सय ७४ महिला ११ को संख्यामा रहेका छन् । अधिकांश लागूऔषध पूर्वी नाका भारतको जोगबनी हुँदै नेपालतर्फ भित्रिने गरेको प्रवक्ता राईले बताए








