धनगढीमा ९ जनालाई क्वारेन्टाइनमा राखियो

चैत्र, १५ धनगढी। धनगढीमा भेटिएका कोरोना संक्रमित व्यक्तिका परिवारका सदस्यसहित ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।   

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरबासी कोरोना संक्रमित ती व्यक्तिका आठ जना सदस्य र उनलाई अस्पताल पुर्‍याउने व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो। 

उनीहरूको सामान्य स्वास्थ्य परीक्षणपछि धनगढी रङ्गशालामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। कोरोनाको संक्रमण देखिएको पुष्टि भएपछि उनका परिवारका सदस्य र अस्पताल पुगाउनेहरूलाई एम्बुलेन्समार्फत आजै अस्पताल पुर्‍याइएको थियो। 

चैत ११ गते सेती अस्पताल भर्ना भएका संक्रमित व्यक्ति दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका उनी ११ गते अस्पतालमा भर्ना भएका थिए।   

कोरोना संक्रमित व्यक्तिको अवस्था अहिले समान्य रहेको अस्पतालका डाक्टर शेरबहादुर कमरले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *