कोरोना संक्रमणबाट ज्यान गुमाएको व्यक्तिको शवसँग कति खतरा ?

चैत्र ५, काठमाडौं । चीनको वुहान शहरबाट डिसेम्बर २०१९ देखि फैलिएको कोरोनाको त्रास र संक्रमण अहिले विश्वभर फैलिएको छ । विश्वभर दुई लाख बढी मानिस कोरोना संक्रमित छन् भने हालसम्म ८ हजार बढीको मृत्यु भइसकेको छ । 

कोरोना संक्रमणबाट कसैको मृत्यु भएपछि उसको शवको व्यवस्थापन कसरी गर्ने र के–कस्ता सावधानी अपनाउने भन्ने विषयमा भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले केही दिशा–निर्देश जारी गरेको छ । 

हालसालै राजधानी दिल्लीमा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि यो भ्रम थियो कि अन्तिम संस्कारको समयमा उनको शवबाट पनि संक्रमण फैलन सक्छ । यद्यपी यस घटनापछि दिल्लीको स्वास्थ्य विभागले अन्तिम संस्कारबाट कोरोना नफैलने दावी गर्यो । साथै केन्द्रीय स्वास्थ्यमन्त्री सहितको टीमको निगरानीमा ती महिलाको अन्तिम संस्कार गरिएको थियो ।  

यस घटनाको मध्येनजर गर्दै भारत सरकारले एनसीडीसीको सहयोगमा एक दिशा–निर्देश तयार गरेको हो । 

बुधबार पत्रकारहरुसँग कुरा गर्दे केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले, ‘कोरोना एक नयाँ बिमारी हो र वैज्ञानिकसँग यसबारे सिमित जानकारी मात्रै छ । त्यसकारण अहिलेसम्म जे जति जानकारी छ, त्यसै अनुसार गाइडलाइन्स तयार पारिएको हो ।’ 

मृत शरीर बोक्नेहरुका लागि के छ गाइडलाइन्समा ?  

सही तरिकाले अर्थात् प्लाष्टिक ब्यागमा बन्द गरिएको शव लैजानेलाई कुनै खतरा छैन । तर शव बोक्नका लागि प्रयोग गरिने साधन पनि किटाणुमुक्त गर्नुपर्छ ।   

अन्त्येष्टि या शव दहन गर्नेहरुका लागि यस्तो छ गाइडलाइन्स ? 

अन्तिम संस्कार गर्ने ठाउँ अथवा शव दहन गर्ने ठाउँ निकै संवेदनशील ठाउँ मानिन्छ । भीड जम्मा हुन दिनुहुँदैन । परिवारको अनुरोधमा, मेडिकल स्टाफले अन्तिम भेटको लागि प्लास्टिकको झोला खोलेर मृतकको अनुहार देखाउन सक्दछन् तर यसका लागि छुट्टै सावधानीहरु अपनाउनुपर्छ । 

अन्तिम संस्कारसँग जोडिएको मात्र त्यो क्रियाकलापलाई अनुमति दिइनेछ जहाँ शवलाई छुनु पर्दैन । शवलाई नुहाउने, चुम्ने, अँगालो हाल्ने अनुमति दिइने छैन । मृत शरीर दहनबाट उत्पन्न खरानीबाट कुनै खतरा छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *