मुस्कान खातुनमाथि एसिड फ्याँक्ने समसाद साधारण तारेखमा रिहा

फाइल तस्विर 

चैत्र १४, काठमाडौं । वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनमाथि एसिड फ्याँक्ने अभियुक्त समसाद मियाँ साधारण तारेखमा रिहा भएका छन् । 

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै बालगृहमा रहेका विचाराधीन मुद्दा र सजाय खेपिरहेका बालबालिकालाई मुद्दा फैसला नगरी आपतकालीन अवस्थामा परिवारको जिम्मा लगाउनुपर्ने निर्देशनअनुसार समसादलाई जिल्ला अदालतले तारेखमा थुनामुक्त गरेको हो। 

ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका मियालाई जिल्ला अदालतले १४ गते पुनः अदालतमा हाजिर हुनेगरी साधारण तारेखमा रिहा गरिएको अदालतले जनाएको छ । समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी छन् । 

अर्का अभियुक्त मजिद मियाँको विषयमा बहस भइरहेको बताइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *