कोराेनाका कारण पुजाको ‘म यस्तो गीत गाउँछु–२’ प्रर्दशन स्थगित

फागुन २३, काठमाडाैँ ।  नायिका पुजा शर्माको प्रतिक्षित फिल्म  ‘म यस्तो गीत गाउँछु–२’ को प्रर्दशन स्थगित गरीएको छ ।   

फिल्म निर्माण कम्पनी सुर्दशन थापा प्रोडक्सनले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण फिल्म प्रर्दशन स्थगित गरेको जनाएको हो । 

 कम्पनीले कोरोना भाइरसबाट बच्न सरकारले नै भिडभाडमा नहिड्न, सभा समारोह नगर्न आब्हान गरेपछि फिल्म हलमा भिड हुने भएको र संक्रमण फैलन सक्ने देखिएकोले प्रर्दशन स्थगित गरेको जनाएको छ । 

विज्ञप्तीमा सरकारको निर्देशनलाई समर्थन गर्दै अर्को सूचना नआउँदा सम्म चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेको उल्लेख गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =