निप्पोन पेन्ट नेपाली बजारमा प्रवेश
२०७६ फागुन २५ गते

फागुन २५, काठमाडौं । एसियाको लोकप्रिय निप्पोनले नेपालमा आफ्नो कारोबार सुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले कारोबार सुरु गरिएको औपचारिक जानकारी गराएको हो । नेपालका सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरु उपलब्ध गराउने योजना अघि सारेको छ ।
कार्यक्रममा कम्पनीका ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यवसायिक प्रमुख तथा भारतीय सञ्चालकका अध्यक्ष शरद मल्होत्राले भने, निप्पोन पेन्टले सवारी साधनहरुको बाह्य सतहलाई परिपूर्ण तुल्याउन जापानबाट नेपालमा नविन पेन्ट प्रविधि ल्याएको छ । आउँदो केही महिनाभित्र कोटिङबाहेक कारको हेरचाह तथा काठको बाहिरी सतहको लागि उत्पादनहरु पनि बजारमा ल्याउने छौँ ।’

२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








